कैलाली ।
नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीबाट सुरु भएको छ । धनगढीको चौराहबाट एकता सन्देश र्याली सुरु भएको हो।
र्यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता छ। नारासहित उनीहरू र्यालीमा सहभागी भएका हुन् ।र्यालीपछिको सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता भीम रावलले सम्बोधन गर्ने तयारी छ ।















