पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भइआएका दुई वटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन् ।
गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२’ प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेशसभाले गण्डकी विश्वविद्यालय ९पहिलो संशोधन० विधेयक २०८२ गएको कात्तिक २८ गते पारित भएको हो । सो विधेयक कात्तिक २४ गते सभामा प्रस्तुत भएको थियो ।
गण्डकी विश्वविद्यालय ऐन २०७६ मा भएको पछिल्लो संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा परिर्वतन गरेको छ । गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक भने कात्तिक २४ गते प्रदेशसभाबाट पारित भएको थियो ।















