प्रहरीको ओ एन्ड एम गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

सोमबार मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत दिएसँगै प्रहरीले ओ एन्ड एमको गृहकार्य अघि बढाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायणले काफ्लेले मन्त्रिपरिषद्ले स्वीकृत दिएसँगै ओ एन्ड एमको काम सुरु गरिएको बताए ।

अब प्रहरीका दरबन्दीहरू मिलान गर्नेदेखि, आवश्यक नरहेको एकातर्फको दरबन्दी कटौती गरेर अर्कोतर्फ लैजानेसम्मको काम हुने बताइएको छ । अस्थायी रहेका केही कार्यालयको दरबन्दी स्थायी गर्नेलगायतका कामहरू हुने बताइएको छ ।

यसअघि सशस्त्र प्रहरीमा पनि यसैगरी दरबन्दी मिलान गरिएको थियो । तल्लो दर्जाका दरबन्दी कटौती गरेर तीन डीआईजीको दरबन्दी थप गरेर मिलान गरिएको थियो । अस्थायी कार्यालयहरूलाई पनि स्थायी गरिएको थियो ।

  • ११ मंसिर २०८२, बिहीबार १२:४५ प्रकाशित