आज सुनको मूल्य कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य भने तोलामा ६० रूपैयाँले बढेको छ।

बुधबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • ११ मंसिर २०८२, बिहीबार ११:१७ प्रकाशित