अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा छ । हिजो युरो १ को खरिदर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ १५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ६९ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४७ पैसा थियो ।

  • ११ मंसिर २०८२, बिहीबार ०९:२४ प्रकाशित