काठमाडौं ।
सेयर बजार परिसूचक नेप्से बुधवार पनि वृद्धि भएको छ । चार दिनयता बजार वृद्धि हुँदै आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार नेप्से ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको हो । मंगलवार पनि नेप्से ५.३२ अंकले बढेर बन्द भएको थियो ।
त्यस्तै, बुधबार सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले बढेको छ ।
बुधवार कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।















