काठमाडौं ।
बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदी तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२०० रुपैयाँ रहेको चाँदी आज ३२२० रुपैयाँ कायम भएको छ । असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।















