खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले लियो दल दर्ताको प्रमाणपत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ ।

यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।

सोमबार आयोग पुगेर सुनार सहितका नेताहरूले दल दर्ताको प्रमाणपत्र लिएका हुन् । हाम्रो पार्टी नेपालको दर्ता नम्बर २१६ रहेको छ ।हाम्रो पार्टी नेपालले चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न राखेको छ ।

  • ८ मंसिर २०८२, सोमबार १३:२४ प्रकाशित