कुमुदिनी होम्समा खेलकुद सप्ताह सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
कुमुदिनी होम्स माध्यमिक विद्यालयको आइतवारदेखि ३९ औँ खेलकुद सप्ताह सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ मा अवस्थित सो विद्यालयको खेलकुद सप्ताहको पोखरा रङ्गाशालामा एक कार्यक्रमका बिच संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा आइतबार उद्घाटन गरिएको हो । विद्यार्थीहरूले उक्त अवसरमा मार्चपास, पिटी प्रदर्शन र स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।

पहिलो दिनमा छात्र छात्रा लङ जम्प, त्रिपल जम्प, छेलो फ्याँक्ने, रिले दौड जस्ता विभिन्न एथलेटिक्सका खेलहरू सम्पन्न भएका छन् । यस खेलकुद अवधिभर विद्यार्थीहरूले कक्षागत, खुला तथा अन्तरसदनात्मक गरी विभिन्न बाईस विधामा प्रतिस्पर्धा गर्ने कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले बताएका शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।

  • ७ मंसिर २०८२, आईतवार १९:३० प्रकाशित