अशोक राई नेतृत्वको जसपामा विभाजन, ६ नेता नेकपामा समाहित हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विभाजन आएको छ । मधेशवादी दलसँग या नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने विवादमा यो पार्टीमा विभाजन आएको हो । अध्यक्ष अशोक राई नेपाली कम्युनिस्ट पार्टीसंग एकता प्रक्रियामा नजाने भएका छन् । संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेताहरूले नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने निर्णय गरेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बू र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञपरिषद् अध्यक्ष डा। पुष्पराज राजकर्णकार र केन्द्रीय अनुसन्धान आयोगका अध्यक्ष कृष्णबहादुर घजु नेकपामा समाहित हुन राजीनामा दिएका छन् ।

उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर नेकपा एकताका सन्दर्भमा कार्यकारिणी बैठक नबोलाएको भन्दै पार्टीबाट राजीनाम नेकपामा सम्माहित हुने बताएका हुन् ।

विचार मिल्ने राजनीतिक परिवर्तनका शक्तिहरूसँग मिलेर उपलब्धिहरूको रक्षा र थप उपलब्धि प्राप्तिका लागि संघर्ष गर्नुपर्ने अवस्था आएकाले आफूहरूले नेकपासँग एकता गरेको जानकारी अध्यक्ष राईलाई गराइएको छ ।

  • ७ मंसिर २०८२, आईतवार १८:४२ प्रकाशित