प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘एन्टिकरप्सन युथ फोर्स’ बनाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भ्रष्टाचारविरुद्ध युवाशक्ति अर्थात् ‘एन्टिकरप्शन युथ फोर्स’ बनाउने भएको छ ।

सुशासनको सुनिश्चितता बिना कुनै पनि देशमा न्याय र विकास हासिल भएको छैन । त्यसकारण, हामी पार्टीभित्र सुशासनको उच्चतम अभ्यास गर्दै देशमा सुशासन कायम गर्न अग्रसर हुनेछौं ।

‘देशमा सुशासन हासिल गर्न मुलतः युवाको अगुवाईमा ‘भ्रट्राचार विरुद्ध युवाशक्ति (एन्टिकरप्सन युथ फोर्स)’ गठन गरिने छ,’ आइतबार आयोजित पार्टी एकता समारोहमा प्रस्तुत पार्टीको राजनीतिक प्रतिबद्धता मस्यौदामा भनिएको छ ।

यो फोर्सले भ्रष्ट लगायतविरुद्ध सामाजिक बहिष्कार अभियान चलाउने प्रलोपाले उल्लेख गरेको छ ।‘यो फोर्सले भ्रष्टाचारी, कालोबजारी, बलात्कारी, मानव बेचबिखान, गुण्डार्दी लगायतको क्रिमिनल प्रोफाइल तयार गर्ने, सामाजिक सञ्जालमा एक्पोज अभियान सञ्चालन गर्ने, सामाजिक बहिष्कार अभियान चलाउनेलगायत सुशासनका क्षेत्रमा प्रवर्द्धनात्मक, निरोधात्मकदेखि आवश्यकताअनुसार जुझारु कार्यक्रमहरु सञ्चालन गरिनेछ,’ मस्यौदामा उल्लेख छ ।

  • ७ मंसिर २०८२, आईतवार १६:५२ प्रकाशित