काठमाडौं ।
नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेकपा एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।
प्रतिनिधिसभा विघटन विरुद्ध र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोधमा आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा मार्फत शक्ति प्रर्दशन गरेको छ ।
यस अगाडि वडा, पालिका र जिल्लाका सदरमुकाममा समेत एमालेले शक्ति प्रदर्शन गरेको थियो । सभालाई एमालेका महासचिव शंकर पोखरेलले सम्बोधन गरेका छन् । अध्यक्ष ओलीले पनि सभालाई सम्बोधन गर्नेछन् ।















