काठमाडौं ।
आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका हुन् । आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि १० मंसिरसम्म दल दर्ता गर्नुपर्ने समय तोकेको छ ।
हालसम्म प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल, चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा, अशोक राई अध्यक्ष रहेको जनता समाजवादी पार्टी, नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेपाल मजदुर किसान पार्टीले दल दर्ता गरेका छन्।
त्यस्तै डोल प्रसाद (डिपी) अर्याल कार्यवाहक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले दल दर्ता गरेक छन् ।
डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले एकता गरी गठन गरेको प्रगतीशील लोकतान्त्रिक पार्टीले पनि दल दर्ता गरेको छ ।















