गायक तथा संगीतकार बाबुल गिरी धरौटी तिरेर रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बाबुल रिहा भएका छन्।
गायिका नीतु पौडेलको आत्महत्या र दुरुत्साहनको आरोपमा पक्राउ परेका बाबुल बुधबार हिरासतबाट छुटेका थिए । नीतुको परिवारका अनुसार बाबुल र नीतु केही समयदेखि प्रेम सम्बन्धमा थिए।
बाबुलले विवाह गर्न नमाने पछि गायिका नीतुले आत्मदाह प्रयास गरेको बताइएको छ । कार्तिक १ गते बाबुलको अनामनगरस्थित स्टुडियोमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। उनको उपचारको क्रममा बर्न अस्पतालमा कार्तिक ७ गते मृत्यु भएको थियो।















