आज एमालेले नेसनल भोलिन्टियर फोर्स घोषणा गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले आज (शुक्रबार) नेसनल भोलिन्टियर फोर्स घोषणा गर्दैछ । आज बिहान ११ बजे कार्की ब्यांक्वेटमा हुने कार्यक्रमबाट एमालेले आफ्नो नेसनल भोलिन्टियर फोर्स घोषणा गर्न लागेको हो ।

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोर्स घोषणा गर्ने कार्यक्रम छ । उक्त संगठनलाई पार्टीको उच्च नेतृत्वले सीधै परिचालन गर्न सक्ने गरी बनाउन लागिएको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताएका छन् । उनका अनुसार यो आवधिक अधिवेशनबाट छानिने संरचना होइन । कामको मूल्यांकनका आधारमा नेतृत्व चयन हुनेछ ।

यता गठन हुन लागेको नेसनल भोलिन्टियर फोर्सको विषयमा पार्टीका वरिष्ठ नेताहरुले नै प्रश्न उठाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराईले नेसनल भोलेन्टियर्स फोर्स घोषणाप्रति प्रश्न उठाएका थिए ।

यस्ता संरचनाले लोकतन्त्र, लोकतन्त्रप्रति पार्टीको प्रतिबद्धता र इमानदारीलाई कमजोर बनाउने भन्दै यस्ता गतिविधि रोक्न उनीहरूले माग गरेका थिए । दिशामा फर्काउन स्वयम्सेवी फोर्सको गठन गर्न लागिएको बताएका छन्।

  • ५ मंसिर २०८२, शुक्रबार ०९:५९ प्रकाशित