पोखरा ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (शुक्रबार) पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स बिच भिडन्त हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलीबिच प्रतिस्पर्धा हुनेछ । खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ ।
जारी प्रतियोगितामा दुवै टोलीको दोस्रो खेल हो । पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो ।
सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो । रोयल्स पहिलो सिजनको एनपिएलको उपविजेता हो ।















