काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टीको भावी अध्यक्षका लागि दाबी प्रस्तुत गरेका हुन् । उनले बिहीबार एमाले मुख्यालय च्यालमा बसको सचिवालय बैठकमा भावी अध्यक्षमा दाबी प्रस्तुत गरेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार उनले अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावक बनेर बस्न र आफूलाई सर्बसम्मत अध्यक्ष बनाउन बैठकमा आग्रह समेत गरेका छन् ।
ओलीले नेतृत्व सर्वसम्मत चयन गरौँ भन्दै नत्र स्वस्थ प्रतिस्पर्धाका लागि तयार रहेको बताएको जवाफ दिएका थिए । झलनाथ खनाल, माधव नेपाल र भीम रावलहरूको उदाहरण दिँदै ओलीले विगतमा प्रतिस्पर्धाबाट हारेकाहरूले टुटफुट र पार्टी विभाजनसम्मको गतिविधि गरेको उदाहरण दिँदै एकढिक्का भएर जानुपर्ने अहिलेको अवस्थामा त्यस्तो नहोस् भन्दै सचेत गराएका छन् ।
शुक्रबारको बैठक झण्डै ८ घण्टा चल्यो । नेताहरूले महाधिवेशन, राजनीतिक घटनाक्रम र पार्टीको अबको रणनीतिबारे आ-आफ्नो भनाइ राखेका थिए ।















