मनाङमा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

मनाङको ङिस्याङ गाउँपालिकास्थित हुम्डे स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय मातहत मुक्तिनाथ फिल्ड अस्पताल र सोही गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविर कार्यक्रममा अस्पतालका चिकित्सकहरूद्वारा करिब ५६ जना स्थानीय बासिन्दाहरूको स्वास्थ्य जाँच गरिएको थियो ।

साथै अस्पतालका चिकित्सकहरूले पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको रोग परीक्षण कार्यक्रम समेत सञ्चालन गरेका थिए ।

  • ४ मंसिर २०८२, बिहीबार ११:१८ प्रकाशित