फेरियो विप्लवको पार्टीको नाम : आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

विप्लव नेतृत्वको पार्टीले दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालित रहँदै आएको उक्त पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको हो ।

पार्टीले मंगलबार आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको विप्लवले जानकारी दिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले महासचिव विप्लवलाई दल दर्ताको प्रमाणपत्र दिएका हुन् ।

आयोगले विप्लवको चुनाव चिन्ह गुलाफको फूल दिएको छ । विप्लवले कात्तिक ११ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

१० वर्ष माओवादी जनयुद्धमा सहभागी भएका उनी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका हुन् । विप्लवले २०७०, २०७४ र २०७९ सालमा भएको निर्वाचन बहिस्कार गरेका थिए ।

एकीकृत जनक्रान्ति असफल भएपछि उनले निर्वाचनलाई क्रान्तिको फरक मोर्चाका रूपमा व्याख्या गरेका छन् ।

  • २ मंसिर २०८२, मंगलवार १४:३४ प्रकाशित