राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजारले गराए मतदाता नामावली दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् ।

यो सङ्ख्या नयाँ मतदाता नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ ।

आयोगका अनुसार नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिने छ । अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ ।

  • १ मंसिर २०८२, सोमबार १३:३६ प्रकाशित