रविको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश

केन्द्रभाग मिडिया

रुपन्देही ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले प्रमाण मिसिल झिकाउने आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले बिहीबार प्रमाण मिसिल झिकाउने आदेश दिएको हो ।

मुद्दामा बिहीबार दुवै पक्षका तर्फबाट बहस भएको थियो । लामिछानेको पक्षबाट अधिवक्ता नारायणदत्त कँडेल, महेन्द्र पाण्डे र दीपेन्द्र झाले बहस गरेका थिए ।

यस्तै, छविराज जोशीका तर्फबाट अधिवक्ता रोचक जोशीले बहस गरेका थिए । सरकारको तर्फबाट उप–न्यायाधिवक्ता प्रकाश मरासिनी र सह–न्यायाधिवक्ता सन्देश श्रेष्ठले बहस गरेका थिए । सह–न्यायाधिवक्ता श्रेष्ठको बहस जारी रहँदा समयावधि सकिएको भन्दै इजलासले बिहीबारको कार्यवाही स्थगित गरेको थियो ।

  • २७ कार्तिक २०८२, बिहीबार १७:२९ प्रकाशित