गृहमन्त्री अर्याल भन्छन्, ‘चुनाव लड्दिनँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै राजनीतिक पार्टी नखोल्ने र चुनाव पनि नलड्ने प्रस्ट्याएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको प्रस्टोक्ति दिए । उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले दल खोलेर चुनाव लड्ने हो भनेर प्रश्न गरेका थिए ।

  • २७ कार्तिक २०८२, बिहीबार १६:३० प्रकाशित