नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै रावल

केन्द्रभाग मिडिया

काठमाडौं ।

मातृभूमि जागरण अभियानका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने एक कार्यक्रमकाबीच उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो । तर, रावल एमालेमा फर्किएनन् । हिजो (आइतबार) नेकपाका नेताहरूसँग रावलले वार्ता गरेका थिए । उक्त छलफल सकारात्मक भएको र सोही अनुसार, आगामी बुधबार उनी नेकपामा समाहित हुने जानकारी दिइएको छ ।

उक्त कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

  • २४ कार्तिक २०८२, सोमबार १५:२८ प्रकाशित