जसपा नेपालका दुई नेताले त्यागे पार्टी

केन्द्रभाग मिडिया

काठमाडौं।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले पार्टी छाडेका छन् ।अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेकाहरूलाई फर्किन आह्वान गरेकै बेला लुम्बिनी प्रदेशका दुई नेताले पार्टी छाडेका हुन् ।

तराईरथरुहट राष्ट्रिय समिति लुम्बिनी प्रदेशका अध्यक्ष सुमित्रा चौधरी र लुम्बिनी प्रदेशका कार्यकारिणी समिति सदस्य निरङ्कार यादवले पार्टी छाडेका हुन् ।

पार्टीभित्र नेतृत्वको हैकमवादी चरित्र एवं विधि र विधानको बेवास्ता गर्दै पार्टीमा गुटगत राजनीति हाबी भएको भन्दै उनीहरुले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

  • २३ कार्तिक २०८२, आईतवार १५:२० प्रकाशित