नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नव गठित नेपाली कम्युनिष्ट पार्टीले सात वटै प्रदेशमा एकता सन्देश सभा गर्ने भएको छ । पार्टीको मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले सात वटै प्रदेशमा एकता सन्देश सभा गर्ने निर्णय गरेको हो ।

संयोजक प्रचण्डको अध्यक्षतामा बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढङ्गबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित विभिन्न १० कम्युनिष्ट पार्टीले एकता राष्ट्रिय सम्मेलन गरी यही १९ कात्तिकमा नेपाली कम्युनिष्ट पार्टी गठन गरेका हुन् ।

  • २३ कार्तिक २०८२, आईतवार ०८:५५ प्रकाशित