नेपाल–भारत सीमा चार दिनका लागि बन्द

केन्द्रभाग मिडिया

रौतहट। भारतको बिहार राज्यमा हुने विधान सभा चुनावका कारण रौतहट जिल्लाको सीमावर्ती नाका चार दिनका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार भारतको सितामढी र पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधान सभा निर्वाचन यही कार्तिक २५ गते हुँदैछ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा आवागमन अस्थायी रूपमा रोक लगाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिपेश सागर भुसालका अनुसार शान्ति सुरक्षा व्यवस्थापनका लागि शनिबार साँझ ८ बजेदेखि २५ गते बेलुका ६ बजेसम्म नेपाल–भारत सीमा नाकामा आवश्यक सेवाबाहेकको सम्पूर्ण आवागमन पूर्ण रूपमा बन्द रहनेछ।

प्रशासनले सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा तोकिएको अवधिसम्म सीमा नाकाबाट आवागमन नगर्न अनुरोध गरेको छ।

  • २१ कार्तिक २०८२, शुक्रबार १६:४० प्रकाशित