काठमाडौं ।
सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ । सङ्घीय संसद् सचिवालयस्थित राज्यव्यवस्था तथा सुशासन समितिको हलमा बैठक सुरु भएको हो ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल हुनेछ।
निकट स्रोतका अनुसार बैठकको मुख्य उद्देश्य सरकारले केही दिन अगाडि सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीको सचिवालय सम्बन्धी सेवा सुविधा कटौती गरेको विषयमा एकजुट भएर निर्णय गर्ने र सरकारलाई निर्णय उल्ट्याउन दबाब दिने हो । त्यसका लागि संघ र प्रदेशका संसद्का पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।
सरकारले केही दिनअघि प्रतिनिधिसभाका उपसभामुख राष्ट्रिय सभाका उपाध्यक्ष लगायत को सचिवालयको सुविधामा कटौती गरेको थियो।















