एमाले निकट युवा संघले दियो बालेनविरुद्ध साइबर ब्यूरोमा उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० विरुद्ध उजुरी दिएको छ ।युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।

बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो ।साइबर ब्यूरो स्रोतका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ । यद्यपि उक्त उजुरी दर्ताको प्रक्रियामै रहेको साइबर ब्यूरोका एक अधिकारीले जानकारी दिए ।

मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्टाटस लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएका थिए ।

  • २० कार्तिक २०८२, बिहीबार १५:४० प्रकाशित