बाबुराम, जनार्दन र डीपी अर्यालबिच छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबिच छलफल भएको छ ।

छलफलमा पूर्व मन्त्री जनार्दन शर्मा, सुदन किराती, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, नेसपा नयाँ शक्तिकी नेतृ दुर्गा सोव लगायत सहभागी रहेका छन् ।

जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन सहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।

  • २० कार्तिक २०८२, बिहीबार १४:०७ प्रकाशित