काठमाडौं ।
नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौंमा भेला आयोजना गर्दैछ ।विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार भेला आह्वान गरेका हुन् ।
भेला आयोजकमध्येका एक नेताका अनुसार बिहीबार बिहान साढे ११ बजे अनुपम फुडल्यान्डमा भेला आह्वान गरिएको छ ।कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेको छ ।
कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।
महामन्त्री थापाले २१ फागुनको चुनाव अघि १६-१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन् ।















