नौ वाम घटकका बीच आजपार्टी एकता घोषणा हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदैछ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा बाम घटकका बिचमा आज ठमाडौँको भृकुटीमण्डपमा दिउँसो एक बजे एकता घोषणा सभा राखिएको छ ।

एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने र चुनाव चिह्न पाँच कुने तारा राख्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी हुने वाम घटकहरूबीच अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति छ ।

एकतापछि पार्टीको संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल रहने छन् । पार्टीको मार्गदर्शक सिद्धान्त भने मार्क्सवाद, लेलिनवाद हुने सहमती छ ।

यो एकता प्रक्रियामा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी समूह सहभागी हुन लागेका हुन् ।

  • १९ कार्तिक २०८२, बुधबार ०९:३६ प्रकाशित