माओवादीको आयोजक समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको केन्द्रीय समिति बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्दै छ । माओवादी, नेकपा एकीकृत समाजवादी लगायत ९ दलसँग एकता हस्ताक्षर र पछिल्लो सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्न बैठक बोलाएको हो ।

‘आजको बैठक धेरै लामो हुँदैन होला । कसैले बोल्न चाहेमा बोल्ने समय हुन्छ । पार्टी एकता सहमति र सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्ने एजेन्डा रहेको छ’, नेता हरिबोल गजुरेलले भने ।

आजको बैठकमा असन्तुष्ट जनार्दन शर्मा समूह सहभागी नहुने भएको छ । शर्मा समूहले ‘प्रगतिशील वाम ध्रुवीकरण’को विषयमा जानकारी दिन दिउँसो ललितपुरमा पत्रकार सम्मेलन गर्दै छन् ।

नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठन गर्नुपर्ने अडान संयोजक प्रचण्डले सुनुवाइ नभएपछि पार्टीबाट अलगिने तयारी गरेका छन् ।

  • १८ कार्तिक २०८२, मंगलवार १२:३१ प्रकाशित