काठमाडौं ।
एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागिएको एकता अनुमोदन गर्न नेकपा माओवादी केन्द्रको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बैठक बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी एकताका लागि आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।
त्यस्तै नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा माओवादी समाजवादी कर्णजित बुढाथोकी र ने।क।पा। ९साम्यवादी०का अध्यक्ष प्रेमबहादुर सिंहले पनि एकताको सहमतिमा हस्ताक्षर गरेका छन्।
उनीहरूले चुनाव चिह्न पाँच कुने तारा तोकेका छन् ।















