हर्क साम्पाङको पार्टीले पायो मान्यता

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले सुनसरीस्थित धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ ।

साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दलहरू दर्ता प्रक्रियामा छन् ।

  • १६ कार्तिक २०८२, आईतवार १५:११ प्रकाशित