काठमाडौं ।
पोखरामा ११ औं महाधिवेशन गर्ने तय गरेको एमालेले महाधिवेशन स्थल परिवर्तन गरेको छ ।
आज शनिबार बसेको बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भने, ‘निर्धारित समय २७ मंसिर देखि २९ मंसिरमै हुनेछ ।’















