काठमाडौं ।
सरकारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ । भ्रष्टाचारका अभियुक्तलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधा दिन नमिल्ने भन्दै सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह मन्त्रालय स्रोतले बतायो ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रूपमा उपलब्ध गराउँदै आएको थियो ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए । यसअघि सरकारले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले प्रयोग गरेका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गराएको थियो ।















