जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

केन्द्रभाग मिडिया

काठमाडौं।

जनता समाजवादी पार्टी  (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आगामी कात्तिक १९ र २० गते काठमाडौँमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति, सङ्गठनात्मक कार्ययोजना, निर्वाचनलगायतका विषय बैठकका एजेण्डा रहेका छन् ।

  • ९ कार्तिक २०८२, आईतवार १६:१५ प्रकाशित