काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि सञ्चारकर्मीसँग उनले विभिन्न माग राखेर प्रदर्शनमा रहेका समूहसंग सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारे ।
‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरूरी छैन,’ गृहमन्त्री अर्यालले भने ।
लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।
ुसार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो,’ उनले भने ।
उनले बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिए । सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको उनले बताए ।















