नितु पौडेल आत्मदाह प्रकरण : बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ ।

गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको हो ।

गायिका पौडेलको परिवारले जोहरी दर्ता गराएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

  • ७ कार्तिक २०८२, शुक्रबार १६:३८ प्रकाशित