एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर : विमानस्थलमा स्वागत

केन्द्रभाग मिडिया

काठमाडौं ।

कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरेका थिए ।

३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् ।

भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिगहरु खेलेका छन् । उनले आईपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आईपीएल जित्दा मुलर मुख्य खेलाडी थिए ।

कर्णाली याक्स स्पोट्स् प्रालीमा अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताएका छन् ।अब, कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दैछ । सो खेलमा डेभिड मिलर सहभागी हुनेछन् ।

  • १८ कार्तिक २०८३, बुधबार १०:३५ प्रकाशित