काठमाडौं ।
जनमत पार्टीले आफ्नो केन्द्रीय समिति अद्यावधिक गरेको छ। पार्टीबाट राजीनामा दिएका तथा कारबाहीमा परेका नेताहरू बाहिरिएपछि कार्यसमितिलाई अद्यावधिक गरिएको हो। केन्द्रीय सदस्यमा केही नेताहरू थप गरिएको छ तर पदाधिकारीहरू थपिएका छैनन्।
यसअघि पार्टीका उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलगायतका नेताहरूले राजीनामा दिएका थिए भने उपाध्यक्ष ई।दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र सचिव वीपी साहलगायतका नेताहरूलाई कारबाही गरी निकालिएको थियो। उनीहरूलाई पार्टीको केन्द्रीय समितिको नामावलीबाट हटाएर अद्यावधिक गरिएको छ।
जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाका अनुसार अद्यावधिक गरिएका पदाधिकारीहरूको वरियताक्रम यसप्रकार रहेको छ ।
केन्द्रीय अध्यक्ष : डा.सिके राउत
उपाध्यक्ष : ई. वसन्त कुशवाहा, ई.नरेन्द्र चौधरी, नरसिंह चौधरी, दान बहादुर चौधरी, डा. जयकान्त राउत
महासचिव : चन्दन सिंह
उपमहासचिव : ई. इन्द्रजीत यादव
सचिव : अनिता मण्डल, अनिता देवी साह, भोपेन्द्र यादव, राधा यादव, संजय यादव, हेमलाता रजक र बाल गोविन्द चौधरी।















