काठमाडौं ।
विप्लव नेतृत्वको नेकपाले ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ । भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने निष्कर्ष नेकपाले निकालेको हो ।
यसका लागि केन्द्रीय समिति बैठकले राज्यलाई दबाब दिने निर्णय लिएको महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।














