जेनजी आन्दोलनमा कुटिएका देउवा दम्पती पहिलो पटक सार्वजनिक भए

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते कुटपिटबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा आज पहिलो पटक सार्वजनिक भएका छन् ।

केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका देउवा दम्पती पहिलो पटक मंगलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा र पत्नी आरजु त्यसपछि सार्वजनिक भएका थिएनन् ।

  • २८ आश्विन २०८२, मंगलवार १४:२५ प्रकाशित