अफगानिस्तानको आक्रमणमा ५८ पाकिस्तानी सैनिक मारिएको दाबी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

अफगानिस्तानले शनिबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ। आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएकाले त्यस्तो कारबाही सञ्चालन गरिएको अफगानिस्तानको दावी छ।

यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए। पाकिस्तानले भने सो आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ।

तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले २५ वटा पाकिस्तानी चौकीहरू कब्जा गरेर कारबाही गरिएको थियो। यस क्रममा ५८ जना पाकिस्तानी सैनिक मारिएका छन्। करिब ३० जना घाइते भएका छन्।

उनका अनुसार अफगान सुरक्षाबलले शनिबार राति पाकिस्तानी सीमा चौकीहरूमा गरेको आक्रमण गरेको थियो। आफ्नो देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्तामाथि भएको बारम्बारको उल्लङ्घनको जवाफी कारबाही दिइएको मुजाहिदले बताए।

यस घटनाले दुई छिमेकी देशबीचको सुरक्षा तनाव अझ गहिरो पारेको बताइएको छ।

  • २६ आश्विन २०८२, आईतवार १५:०३ प्रकाशित