टी- २० विश्वकप छनोट : आज नेपाल र जापान भिड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको खेल अन्तर्गत आज समूह चरणको एक खेलअघि नै सुपर सिक्समा पुगिसकेका नेपाल र जापान बीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो खेलमा आज शुक्रबार नेपाली समयअनुसार ओमान क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

समूह बीमा लगातार दोस्रो हार बेहोर्दै कतार समूह चरणबाट बाहिरिसकेको छ । कतारको लगातार दोस्रो हारले नेपाल र जापान एक खेलअघि नै सुपर सिक्समा पुगेका हुन् ।

नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई ५८ रनले हराएको हो ।जापानले कतारलाई ५ विकेटले हराएको हो ।

नेपाल रहेको समूह बीमा कुवेतसँगै जापान छन् । समूह एमा मलेसिया, कतार र यूएई छन् । समूह सीमा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।

एसिया एन्ड इस्ट एसिया छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

  • २४ आश्विन २०८२, शुक्रबार ०८:१० प्रकाशित