पोखरा ।
रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको कार्यसमिति सदस्य बैठकले २७ औं पोखरा महोत्सवको संयोजक चयन गरेको छ ।
यहि पौष १३ गते देखि १७ गते सम्म आयोजना हुने २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतम, सह संयोजकमा कार्यसमिति सदस्य सुनिल वहादुर भट्टराई र सुमन भट्टराईलाई मनोनित गरिएको छ ।
यसै गरि महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्व राज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशन जंग कार्की गरी ६ जनाको कमिटि गठन भएको छ ।
विगत २६ वर्ष देखी पर्यटकिय सुन्दर नगरी पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा अङ्ग्रेजी नयाँ बर्षको स्वागतार्थ आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रर्वद्धन गर्ने उद्देश्यले पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि।मि। क्षेत्रमा महोत्सव आयोजना गरिदै आएको छ ।















