विभिन्न ५ देशका राजदूतहरूद्धारा गृहमन्त्रीसँग भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन् ।

बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका हुन् ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ ।

नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।

  • २३ आश्विन २०८२, बिहीबार १५:४१ प्रकाशित