नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको जारी पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ । कुशल भुर्तेलको अर्धसतकको मद्यतमा नेपालले पुरै ओभर ७ विकेट गुमाएर खेल्दै १४१ रन जोडेको हो ।

ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ १ मा कुवेतले टस जितेर फिल्डिङ रोजपछि नेपालले ब्याटिङ गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलको सामना गर्दै ६६ रन जोडका हुन् । गुल्सन झाले आक्रमण ब्याटिङ गरे । उनले ६ बलमा २० रन बनाए ।

आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए । बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान २(२ विकेट लिए ।

नेपाल रहेको समूह बी मा कुवेतसँगै जापान छन् । एसिया एण्ड इस्ट एसिया छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् ।

  • २२ आश्विन २०८२, बुधबार २२:२४ प्रकाशित