रास्वपाको सचिवालय बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार विस्तारित बैठकको एजेन्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूची र विविधबारे छलफल हुनेछ ।

रास्वपाको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते बोलाएको छ ।

  • २२ आश्विन २०८२, बुधबार १२:३८ प्रकाशित