धितोपत्र बोर्डका कर्मचारी १५ दिनदेखि आन्दोलनमा, सेवा प्रवाह ठप्प

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कर्मचारीले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । अर्थ मन्त्रालयले सेबोनका कर्मचारीको कल्याणकोष र सुरक्षण कोष खारेज गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले दुई दशैं अघिदेखि सुरु गरेको आन्दोलनलाई जारी राखेका हुन् ।

अर्थ मन्त्रालयले असोज २ गते सेबोनलाई पत्र लेख्दै धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष ९ञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०७५ तत्काल खारेज गर्न भनेको थियो ।

अर्थ मन्त्रालयले गरेको सो निर्णय फिर्ता लिनुपर्ने भन्दै बोर्डमा कार्यरत विभिन्न ट्रेड युनियन सम्बद्ध कर्मचारीले माग गरेका छन् । सोमबार बोर्डका अध्यक्ष सहित केही कर्मचारीले अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख महेश आचार्यसँग छलफल गरेका थिए । तर, सो छलफलबाट कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

सरकारले समन्वय र वार्ता गर्न नचाहँदा र कर्मचारीले पनि निरन्तर आन्दोलन गर्दा बोर्डले प्रवाह गर्ने सम्पूर्ण सेवा ठप्प भएको छ ।

  • २१ आश्विन २०८२, मंगलवार १५:३१ प्रकाशित